टाइगर कप भलिबल: पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा, गण्डकी र आर्मी भिड्ने
पाेखरा | माघ १२, २०७९
पोखराः पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।
आज पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो ।

भोलि हुने पुरुष तर्फको सेमिफाइनलमा खेलमा अपराजित रहेको एपिएएफ क्लब र नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीले २५–१७, २५–१९ र २५–२३ ले विजय हुन सफल भयो । आर्मीसँग पराजित भएपनि पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
यस्तै आज नै भएको पुरुष तर्फको पहिलो खेलमा आयोजक गण्डकी प्रदेशले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । यो हारसँगै श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले २६–२४, २५–१४ र २५–२३ ले विजय भएको थियो ।
महिला तर्फ भने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार महिला तर्फको तेस्रो स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबको बीचमा प्रतिस्पर्धा हुनेछ ।
यस्तै पुरुष तर्फ एपिएफ विरुद्ध नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब विरुद्ध गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । महिला/पुरुष तर्फको फाइनल खेल शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ ।
महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

